काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा बिहीबारसम्म बहस सकिएको छ। कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि सुनुवाइ भइरहेको थियो। पहिलो दिन कुलमानका कानुन व्यवसायीले बहस गरेका थिए भने बुधबार हितेन्द्रदेवका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षबाट पक्ष राखेका…