४ बैशाख २०८२, बिहिबार । April 17, 2025

तीनकुनेमा सार्वजनिक कार्यक्रम स्थायी रूपमा निषेध गर्न समितिको निर्देशन



काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँको तीनकुने क्षेत्रलाई संवेदनशील मानी सार्वजनिक कार्यक्रमहरू स्थायी रूपमा निषेध गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ।

चैत १५ गते राजावादी समूहद्वारा आयोजित कार्यक्रममा भएको तोडफोड, आगजनी र लुटपाटलगायतका घटनापछि समितिले गृहमन्त्री र सुरक्षा निकाय प्रमुखसँग छलफल गरी तीनकुने क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको हो। समितिका अनुसार सो क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थल, पेट्रोलियम पदार्थको भण्डारण, प्रमुख राजमार्ग तथा सञ्चारगृह नजिकै भएकाले अझ संवेदनशील मानिन्छ।

समितिको निर्देशनमा भनिएको छ, “तीनकुने र त्यस आसपासका क्षेत्रमा कुनैपनि सभा, प्रदर्शन, धर्ना वा अन्य सार्वजनिक कार्यक्रम आयोजना गर्न अब अनुमति नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिइन्छ।”यसअघि अस्थायी निषेधाज्ञाको आलोचना गर्दै आएका सांसदहरूले समेत तीनकुने घटनाले देखाएको संवेदनशीलतालाई ध्यान दिँदै स्थायी निषेधको माग गरेका हुन्।

समितिले घटनामा संलग्न दोषीको छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिएको छ। साथै, हिंसात्मक गतिविधिहरू दोहोरिन नदिन तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने सुझाव पनि दिएको छ।

आगामी बजेटमा प्रहरी संगठनलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने व्यवस्था गर्नसमेत समितिले सरकारलाई सिफारिस गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख