काठमाडौं । दोस्रो संस्करणको एनपीएलमा काठमान्डु गोखार्जले विजयी सुरुवात गरेको छ । सोमबार सम्पन्न उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्यो । जनकपुरले प्रस्तुत गरेको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गरेको थियो । काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्को मद्दतले सर्वाधिक…