४ श्रावण २०८३, सोमबार । July 20, 2026

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर


८ मंसिर २०८२, सोमबार  

12
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

च्याम्पियन जनकपुरका कप्तान अनिल साहले टस जितेर त्रिवि क्रिकेट मैदानमा विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगरले पहिलो दुवै खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ । जनकपुर भने पहिलो खेलमै गोर्खाजसँग स्तब्ध भएको थियो । जनकपुरले अघिल्लो खेल खेलेको टोलीबाट विकास आग्रीको स्थानमा आदित्य महता र लाहिरु समराकुनको स्थानमा संगीथ कोरेलाई खेलाएको छ ।

विराटनगरको टोलीमा भने कुनै परिवर्तन गरेको छैन । गत वर्ष जनकपुरले उपाधि यात्रा सुरु गर्दा उद्घाटन खेलमै विराटनगरलाई सहजै ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ११ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर