२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

हर्मीतको आक्रमक अर्धशतक, सुदूरपश्चिमले काठमाडौंलाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं । हर्मीत सिंहको आक्रमक अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काडमाण्डू गोर्खाजसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो ।