काठमाडौं । राजधानी काठमाडौंको मुख्य सडक खण्डहरू आज बिहानैदेखि ठप्प बनेका छन्। माइतीघर–बानेश्वर सडकमा शिक्षकहरूले बिहान ९ बजेदेखि सुरु गरेको आन्दोलनका कारण सवारी आवागमन अत्यधिक प्रभावित भएको हो। सामान्यतया दिउँसो गरिँदै आएको शिक्षक आन्दोलन आज विशेष कारणले बिहानै सारिएको हो। राप्रपाले दिउँसो विजुलीबजार लगायत निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शिक्षकहरू बिहानै सडकमा उत्रिएका हुन्।…