१० श्रावण २०८३, आइतबार । July 26, 2026

आईपीएल : रोहित र सूर्यकुमारको विस्फोटक प्रदर्शनमा चेन्नईमाथि मुम्बईको जित


८ बैशाख २०८२, सोमबार  

57
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एकतर्फी खेलमा पराजित गर्दै शानदार जित हात पारेको छ।

वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र १५.४ ओभरमै १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। कप्तान रोहित शर्माले अविजित ७६ रन बनाउँदा सूर्यकुमार यादवले पनि अविजित ६८ रनको योगदान दिए। चेन्नईका बलरमध्ये रवीन्द्र जडेजाले मात्र एक विकेट लिन सके। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

जडेजा आफैंले अविजित ५३ रन बनाए भने शिवम दुबेले ५० रन जोडे। मुम्बईका जसप्रित बुमराहले २ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। यस जितसँगै मुम्बईले ८ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने चेन्नई ४ अंकसहित पुछारमा पुगेको छ। यसअघि, हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब सुपर किंग्सलाई ७ विकेटले हराएको थियो।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीचको प्रतिस्पर्धा हुनेछ। खेल इडेन गार्डेन्स मैदानमा राति पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर