११ चैत्र २०८२, बुधबार । March 25, 2026

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २७०० रुपैयाँले वृद्धि भई १ लाख ८७ हजार रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। मंगलबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ थियो। मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको…