२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै


३ बैशाख २०८२, बुधबार  

24
Shares

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको समन्वय तथा छलफलका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रको बैठक आज (बुधबार) साँझ बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने तयारी भएको नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए। उनका अनुसार, बैठकमा पछिल्लो समय उत्पन्न भएको राजनीतिक वातावरण, सत्ता साझेदारीका विषयहरू र सरकारको कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।

बैठक यस्तो समयमा बस्न लागेको हो, जब नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत केही नेताहरू सरकारले गरेका कामप्रति खुलेर असन्तुष्टि व्यक्त गरिरहेका छन्।

यसअघि मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो। उक्त छलफलमा सरकारको कार्यशैलीलाई अझ प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने र त्यस सन्दर्भमा संयन्त्रको बैठक बोलाउने सहमति जुटेको थियो।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल छन्। उता कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी हुने छन्।

आजको बैठकले सत्ता साझेदारबीचको समन्वय कत्तिको सुदृढ हुँदैछ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध