एजेन्सी । जारी आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणको गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई ७ रनले पराजित गरेको छ । ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा भएको खेलमा दक्षिण अफ्रिकासँग इङ्ल्याण्ड पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६…