२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० विश्वकप

अस्ट्रेलियासँग २८ रनले पराजित भयो बंगलादेश


७ असार २०८१, शुक्रबार  

978
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको शुक्रबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको छ ।

‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा एक–एक खेल खेलेका भारत र अस्ट्रेलियाको दुई–दुई अङ्क छ । बङ्गलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११ दशमलव २ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ