६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

टी–२० विश्वकप

दक्षिण अफ्रिकाको अपराजित यात्रा कायम, इङ्ल्याण्ड ७ रनले पराजित


८ असार २०८१, शनिबार  

24
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणको गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई ७ रनले पराजित गरेको छ ।

ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा भएको खेलमा दक्षिण अफ्रिकासँग इङ्ल्याण्ड पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन मात्रै बनाउन सक्यो । इङ्‌गल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ५३ रनको योगदान दिए ।

३७ बलको सामना गरेका ब्रुकले ७ चौका प्रहार गरेका थिए । यस्तै, लियाम लिभिङस्टोनले ३३ रन जोड्दा कप्तान जस बट्लरले १७, जोनी बेयरस्टोले १६, फिल साल्टले ११ र मोइन अलीले ९ रन जोड्दा साम कुरान १० र जोफ्रा आर्चर १ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका लागि कगिसो रबाडा र केशव महाराजले समान २/२ तथा ओटनिल बार्टम्यान र एनरिक नोर्टजेले १/१ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि