एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको खेलमा स्लोभाकियालाई २–१ गोलले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ज्युड बेलिंघमले इन्ज्युरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारबाट जोगाएका थिए। ९० मिनेटपछि ६ मिनेट थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा बेलिंघमले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसअघि २५ औं मिनेटमा स्लोभाकियाका इभान स्क्रन्जले…