३ आश्विन २०८३, शनिबार । September 19, 2026

‘राहुल द्रविड’ जसले खेलाडीको रुपमा विश्वकप जित्न सकेनन् प्रशिक्षक बनेर जिते


१६ असार २०८१, आइतबार  

333
Shares

एजेन्सी । भारतीय सिनियर क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड प्रशिक्षकको भुमिकाबाट विदा भएका छन् ।

भारतलाई दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाएर उनी विदा भएका हुन् । पद छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा भारतीय टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मासहित भारतीय टोली र सपोर्ट स्टाफलाई धन्यवाद समेत दिएका छन् ।

पद छाड्दै गर्दा उनले भनेका छन, ‘खेलाडीको हैसियतले मैले विश्वकप जित्न सकिनँ । म त्यति भाग्यमानी थिइनँ तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ । विश्वकप जित्न नसकेका धेरै खेलाडी छन् । तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाएँ।’ उनले भने, ‘हाम्रा खेलाडीहरूको यो समूहले जित सम्भव बनायो।

रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो। म खुसी छु कि हामीले सक्दो गर्‍यौँ। म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्‍यो।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ