१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

भारतलाई विश्वकपको उपाधि दिलाएर विदा भए राहुल द्रविड


१६ असार २०८१, आइतबार  

18.6k
Shares

एजेन्सी । विश्व क्रिकेटको महारथी भारतले १७ बर्षपछि दोस्रो पटक टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ ।

गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि चुमेको हो । विश्वकपको उपाधिसँगै भारतले मुख्य प्रशिक्षक राहुल द्रविडलाई बिदाइ समेत गरेको छ । आफ्नो तीन बर्षे कार्यकालको अन्तिम खेलमा भारतलाई विश्वकप दिलाएर द्रविडले सुखद विदाई लिएका छन् ।

सिनियर क्रिकेट करिअरमा उनको यो पहिलो विश्वकप उपाधि समेत हो । ओडीआई र टेस्टका विश्वकै एक सफल ब्याटर उनी २०२१ नोभेम्बरमा रवि शास्त्रीको स्थानमा भारतको मुख्य प्रशिक्षक बनेका थिए । उनको मुख्य प्रशिक्षकमा भारत सन् २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल, २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र एकदिवसीय विश्वकप फाइनल खेलेको थियो । गत नोभेम्बरमा घरेलु मैदानमा एकदिवसीय विश्वकपमा लगातार १० खेल जिते पनि अन्तिममा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । त्यस्तै द्रविडको प्रशिक्षणमा भारतले २०२३ को एसिया कप उपाधि पनि जितेको थियो ।

२०२४ विश्वकपमा लगातार ९ खेलमा अपराजित रहँदै भारतले विश्वकप क्रिकेट खेलेको हो । द्रविडको प्रशिक्षणमा भारतले ५६ ओडीआईमा ४१, ६९ टी–२० आईमा ४८ तथा पाँच टेस्ट सिरिज जित, दुई बराबर र एक सिरिज हारेको थियो । भारतीय सिनियर टोलीमा आउनु अघि उनी यू–१९, भारत ए र नेशनल क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक थिए ।

भारतले उनको प्रशिक्षणमा २०१८ मा यू–१९ विश्वकप उपाधि जितेको थियो । २०१६ र २०२० को यू–१९ विश्वकपको फाइनलमा हार्न पुगेको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली