६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

टी–२० अन्तर्राष्ट्रियबाट विराट र रोहितको सन्यास घोषणा


१६ असार २०८१, आइतबार  

2.5k
Shares

एजेन्सी । भारतका दुई क्रिकेटर विराट कोहली र रोहित शर्माले टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यास घोषणा गरेका छन् ।

शनिबार राति भएको विश्वकप फाइनलमा भारतले उपाधि जितेसँगै उनीहरूले सन्यासको घोषणा गरेका हुन् । रोचक प्रतिस्पर्धामा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । खेलमा कोहली म्यान अफ द म्याच भए। उनले ५९ बलमा ७६ रन बनाएका थिए । पोस्ट म्याच प्रिजेन्टेसनमा कोहलीले यो म्याच आफ्नो अन्तिम भएको घोषणा गरे ।

उपाधिका साथ टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिन पाएकोमा उनले सन्तोष व्यक्त गरेका थिए । कोहलीलगत्तै कप्तान रोहितले पनि सन्यास घोषणा गरेका छन् । उनी टी २० मा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडी हुन् ।

सन् २००७ देखि अहिलेसम्म भएका सबै टी २० विशणवकपमा उनले भारतका तर्फबाट सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि