१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी–२० अन्तर्राष्ट्रियबाट विराट र रोहितको सन्यास घोषणा


१६ असार २०८१, आइतबार  

2.5k
Shares

एजेन्सी । भारतका दुई क्रिकेटर विराट कोहली र रोहित शर्माले टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यास घोषणा गरेका छन् ।

शनिबार राति भएको विश्वकप फाइनलमा भारतले उपाधि जितेसँगै उनीहरूले सन्यासको घोषणा गरेका हुन् । रोचक प्रतिस्पर्धामा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । खेलमा कोहली म्यान अफ द म्याच भए। उनले ५९ बलमा ७६ रन बनाएका थिए । पोस्ट म्याच प्रिजेन्टेसनमा कोहलीले यो म्याच आफ्नो अन्तिम भएको घोषणा गरे ।

उपाधिका साथ टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिन पाएकोमा उनले सन्तोष व्यक्त गरेका थिए । कोहलीलगत्तै कप्तान रोहितले पनि सन्यास घोषणा गरेका छन् । उनी टी २० मा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडी हुन् ।

सन् २००७ देखि अहिलेसम्म भएका सबै टी २० विशणवकपमा उनले भारतका तर्फबाट सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ