२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

तपाईंको सपना हाम्रो मार्गदर्शन – ‘वेद फर यु’

काठमाडौं । उच्च शिक्षा अध्ययनको लक्ष्य राखेका विद्यार्थीहरूलाई लक्षित गर्दै वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीले विशेष कार्यक्रम ‘वेद फर यु’ आयोजना गरेको छ। कन्सल्टेन्सीको पुतलीसडकस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा युके, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले सहभागी भएर विशेषज्ञ काउन्सलरहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गरे। कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको आयोजकले जनाएको…