६ असार २०८२, शुक्रबार । June 21, 2025

तपाईंको सपना हाम्रो मार्गदर्शन – ‘वेद फर यु’



काठमाडौं । उच्च शिक्षा अध्ययनको लक्ष्य राखेका विद्यार्थीहरूलाई लक्षित गर्दै वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीले विशेष कार्यक्रम ‘वेद फर यु’ आयोजना गरेको छ।

कन्सल्टेन्सीको पुतलीसडकस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा युके, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले सहभागी भएर विशेषज्ञ काउन्सलरहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गरे। कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई अध्ययन गन्तव्य र शैक्षिक प्रक्रियाबारे विस्तृत जानकारी दिनका लागि विभिन्न देशका अनुभवी काउन्सलरहरू उपस्थित थिए।

शैक्षिक परामर्शसँगै मनोरञ्जन
कार्यक्रमलाई थप आकर्षक बनाउन बिङ्गो गेमको आयोजना गरिएको थियो। बिङ्गो जित्ने सहभागीलाई बन्जी जम्पको निःशुल्क टिकट प्रदान गरियो भने अन्य विजेताहरूलाई जिपलाइनको टिकट दिइएको थियो। साथै, सहभागी सबै विद्यार्थीहरूलाई चलचित्र हेर्नको लागि फ्री टिकट समेत प्रदान गरिएको थियो।

विद्यार्थीको विश्वास जित्दै वेद
कार्यक्रममा सहभागी विद्यार्थी जनकराज थपलियाले वेद कन्सल्टेन्सीलाई आफ्नो पहिलो रोजाइमा राखेको बताए। ‘मेरो आफन्तहरू पनि वेदमार्फत अस्ट्रेलिया जानुभएको छ। म पनि त्यही अनुभव र विश्वासका आधारमा वेद रोजेको हुँ,’ उनले भने। त्यस्तै, अर्को विद्यार्थी असल कृष्ण दाहालले विभिन्न कन्सल्टेन्सीमा काउन्सिलिङ लिए पनि वेदजस्तो राम्रो अनुभव नपाएको बताए। ‘यहाँको काउन्सिलिङ व्यवस्थित र व्यक्तिगत समस्याअनुसार केन्द्रित हुन्छ,’ उनले भने।

अभिभावकको समेत रोजाइ
विद्यार्थी मात्र होइन, अभिभावकहरू समेत वेदको सेवालाई भरपर्दो मानेका छन्। कार्यक्रममा सहभागी भएकी फुलमाया विश्वकर्माले आफ्नो छोरालाई अमेरिका पठाउन वेदमार्फत प्रक्रिया सुरु गरेको बताइन्। ‘यहाँका परामर्शदाताले विस्तृत जानकारी दिएका छन्। नयाँ पुस्ताले एकपटक वेदमा आएर परामर्श लिनुपर्छ,’ उनको भनाइ थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा वेद कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले खुशी व्यक्त गरे। ‘हामीले यसअघि ‘मास्टर्स युके’, ‘वेद फर युके’ जस्ता कार्यक्रम सञ्चालन गरेका थियौं। ती सफल भएपछि विद्यार्थीलाई थप सजिलो होस् भन्ने उद्देश्यले ‘वेद फर यु’ अभियान सञ्चालन गरिएको हो,’ उनले भने।

उनका अनुसार, वेदले २०१० देखि नै विद्यार्थीलाई युके, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, क्यानडा र जापानजस्ता देशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको छ। शिक्षा क्षेत्रमा लामो अनुभव बोकेको वेद कन्सल्टेन्सीले विद्यार्थी र अभिभावक दुबैको विश्वास जित्दै ‘वेद फर यु’ कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गरेको छ।

विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित वेदले आगामी दिनहरूमा अझ धेरै यस्ता कार्यक्रम ल्याउने बताएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ११ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली