२६ बैशाख २०८३, शनिबार । May 9, 2026

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी


७ श्रावण २०८२, बुधबार  

567
Shares

काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरू भएको छ।

सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी देशहरूले शिक्षामा गरिरहेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरू र विद्यार्थीहरूका लागि पनि लाभदायक हुने बताइन् । प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय रहेको उनको भनाइ थियो।

“युरोपका देशहरूले शिक्षामा निकै फड्को मारेका छन्। नेपाली विद्यालयहरूले पनि पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरेका छन्। अब बालबालिकाको समग्र हितका लागि सामुदायिक विद्यालयहरूलाई समेत सुदृढ बनाउँदै लैजान जरुरी छ,” राजदूत तुलाधरले भनिन् । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५४ जना विद्यालयका संस्थापक, प्रिन्सिपल र शिक्षकहरू सेमिनारमा सहभागी छन्। सेमिनारलाई ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई विभिन्न देशका शैक्षिक अभ्यासहरू बुझ्ने अवसर दिनु सेमिनारको मुख्य उद्देश्य भएको बताए । “नेपाल पनि अरू देशहरूजस्तै शिक्षामा प्रगति गर्न सक्छ,” उनले भने, “यसै सन्देशसहित हामी यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम निरन्तर गर्दै जानेछौं।”

प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डीके ढुंगानाका अनुसार टोली डेनमार्कपछि स्विडेन र फिनल्यान्ड भ्रमण गर्नेछ। फिनल्यान्डमा त्यहाँको विद्यालय शिक्षासम्बन्धी विशेष सेमिनार आयोजना गरिने जानकारी ढुंगानाले दिए ।

“आफ्नो कार्यकालमा दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपालको शिक्षा प्रणाली र विश्वका अभ्यासबीच आदानप्रदान गर्ने प्रयास गर्दै आएको छु,” ढुंगानाले भने, “शिक्षाको समग्र विकासका लागि राज्यका सबै तहका निकायहरू मिलेर काम गर्न जरुरी छ। निजी विद्यालयहरूले गरेको योगदानलाई राज्यले सम्मान गर्दै उनीहरूको क्षमतालाई शिक्षाको हितमा प्रयोग गर्नुपर्ने आवश्यकता छ।”

कार्यक्रममा ग्लोबल हेल्प फाउन्डेसनका प्रतिनिधिहरू सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए । सेमिनारमा सहभागी टोली जुलाई २२ मा काठमाडौँबाट प्रस्थान गरेको हो भने आगामी जुलाई ३१ मा पुनः काठमाडौँ फर्किने कार्यक्रम रहेको जानकारी आयोजकहरूले दिएका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक