काठमाडौं । बिहीबार अपराह्न दार्चुलामा भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ः०४ बजे अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि, चैत १३ गते हुम्लाको कालिका आसपास ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। लगातारका परकम्पले स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।