काठमाडौं । महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपाल र मलेसिया दुवैले २–२ को बराबरी कायम गरेका छन् । मलेसियामा आज सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रनको योगफल…