३१ आश्विन २०८३, शनिबार । October 17, 2026

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल


९ कार्तिक २०८२, आइतबार  

27
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै अमेरिकासँग १०६ रनको हार बेहोरेको छ।

युएईमा भएको खेलमा टस जितेर बलिङ रोजेको नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सकेन। अमेरिकाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रनको चुनौतीपूर्ण योगफल तयार पार्‍यो। अमेरिकी ब्याटर समित पटेलले उत्कृष्ट ७५ रनको पारी खेले भने मिलिन्द कुमारले ७० रनको योगदान दिए। सैतेजा मुक्कामुल्लाले पनि ४२ रन जोडे।

नेपालको तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट हात पारे। २६३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाल ३९.१ ओभरमै १५६ रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरीले ४० रनको संघर्षपूर्ण पारी खेले भने आरिफ शेखले ३७ र भीम सार्कीले २९ रन जोडे।

बाँकी खेलाडीहरू दोहोरो अंकमा पुग्न असफल भए। अमेरिकाका बलर हरमित सिंहले घातक प्रदर्शन गर्दै ६ विकेट लिँदै नेपाललाई सस्तैमा समेटे। शुभम रन्जाने र रुशिल उगरकरले क्रमशः २ र १ विकेट जोडे। यो जितसँगै अमेरिकाले ३० अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

स्कटल्यान्डसँग अंक बराबरी भए पनि रनरेटका कारण अमेरिका अग्रस्थानमा पुगेको हो। नेपाल भने १७ खेलमा १२ अंकसहित तल्लो स्थानतिर सीमित छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि