१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल


१९ कार्तिक २०८२, बुधबार  

12
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन्।

दुबईस्थित आइसीसी एकेडेमीमा भइरहेको यो खेलमा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ, जसअनुसार नेपालले ब्याटिङबाट खेलको सुरुआत गर्ने भएको छ। यसअघि सिरिजका तीनै खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै लगातार हार बेहोरेको छ। युएईले पनि तीन खेलमध्ये एक जित र दुई हारको सामना गरेको छ, जसमा एक जित नेपालविरुद्ध नै आएको थियो।

दुवै टोलीबीचको एकदिवसीय प्रतिस्पर्धाको इतिहास हेर्दा नेपालले युएईमाथि थोरै अग्रता कायम राखेको देखिन्छ। हालसम्म दुबै टिमबीच १६ खेल खेलिएका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेलमा विजयी भएको छ। अंक तालिकाको अवस्था हेर्दा नेपाल हाल सातौं स्थानमा रहेको छ। १९ खेलमध्ये ५ जित र १२ हारबाट नेपालले जम्मा १२ अंक जोडेको छ।

उता, समान १९ खेल खेलेको युएई ८ अंकसहित अन्तिम स्थानमा छ। आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। गुलशन झाको स्थानमा कुशल मल्ललाई यस सिरिजमा पहिलोपटक प्लेइङ–११ मा स्थान दिइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ