२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन्।

दुबईस्थित आइसीसी एकेडेमीमा भइरहेको यो खेलमा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ, जसअनुसार नेपालले ब्याटिङबाट खेलको सुरुआत गर्ने भएको छ। यसअघि सिरिजका तीनै खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै लगातार हार बेहोरेको छ। युएईले पनि तीन खेलमध्ये एक जित र दुई हारको सामना गरेको छ, जसमा एक जित नेपालविरुद्ध नै आएको थियो।

दुवै टोलीबीचको एकदिवसीय प्रतिस्पर्धाको इतिहास हेर्दा नेपालले युएईमाथि थोरै अग्रता कायम राखेको देखिन्छ। हालसम्म दुबै टिमबीच १६ खेल खेलिएका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेलमा विजयी भएको छ। अंक तालिकाको अवस्था हेर्दा नेपाल हाल सातौं स्थानमा रहेको छ। १९ खेलमध्ये ५ जित र १२ हारबाट नेपालले जम्मा १२ अंक जोडेको छ।

उता, समान १९ खेल खेलेको युएई ८ अंकसहित अन्तिम स्थानमा छ। आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। गुलशन झाको स्थानमा कुशल मल्ललाई यस सिरिजमा पहिलोपटक प्लेइङ–११ मा स्थान दिइएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई