काठमाडौं । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण यतिबेला देशभरका केही ठुला नदीहरुमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वमा संखुवासभाको अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगंगासम्मका लगभग सबै नदीमा जलसतह खतराको तह नजिक रहेका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा…