काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ। मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार छनोट समितिको बैठकले सुन्दासलाई एक लाख १० हजार रुपैयाँ राशिसहितको यो सम्मान दिने निर्णय गरेको हो…