२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फागुनमा दर्ता भएका आपराधिक घटनामा बैंकिङ कसुर अगाडि, ४ हजार ४ सय ६८ मुद्दा दर्ता


१० चैत्र २०८१, सोमबार  

24
Shares

काठमाडौं । नेपालभर फागुन महिनामा कुल ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।

तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा रहेका छन्, जसको संख्या १,१२७ (२५.२२ प्रतिशत) पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले काठमाडौँ उपत्यकामा बढी अपराध घटनाहरु घटेको र त्यसमध्ये बैंकिङ कसुरको संख्या उच्च रहेको जानकारी दिए।

बैंकिङ कसुरमा चेक बाउन्सका मुद्दा प्रमुख रहेको बताउँदै उनले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराधका घटनाहरु बढेको बताएका छन्। त्यसैगरी, फागुन महिनामा दर्ता भएका अन्य प्रमुख आपराधिक घटनामा सार्वजनिक हितविरुद्धका ५२१ मुद्दा, आत्महत्यासम्बन्धी ५०१ मुद्दा, लागुऔषधसँग सम्बन्धित ४१९ मुद्दा र चोरीसम्बन्धी २८६ मुद्दा रहेका छन्।

आचार्यका अनुसार, काठमाडौँ उपत्यकामा १,३३७ मुद्दा दर्ता भएका छन् भने अन्य प्रदेशहरुमा पनि आपराधिक घटनामा वृद्धि भएको देखिन्छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ