सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी आठजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको…