२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार


५ बैशाख २०८२, शुक्रबार  

48
Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो साढे २ बजेतिर भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार, प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र बा. ०१–०२५ च ५०७६ नम्बरको कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जना गम्भीर घाइते भएका थिए। उपचारका लागि निजगढस्थित प्रसूति अस्पताल पुर्‍याइएका दुबैजनालाई चिकित्सकले मृत घोषित गरेका थिए।

मृतकमध्ये एक जनाको सनाखत ४६ वर्षीय नारायण हरि शर्मा रहेको प्रहरीले जनाएको छ। उनी सर्लाहीको बर्हथवा नगरपालिका–१५, हजरियाका बासिन्दा हुन्। कार चालकको सनाखत भने हुन बाँकी छ।

घटनापछि टिपर चालक फरार रहेका छन्। हाल उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ