१ आश्विन २०८३, बिहिबार । September 18, 2026

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत


५ बैशाख २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई सरकारले तोकेको समयसीमाभित्र दर्ता हुन आग्रह गर्दै त्यसअनुसारको पालना नभए प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

शुक्रबार राजधानीमा सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका फेसबुक लगायतका सबै सामाजिक सञ्जालले मुलुकको कानुनको पालना गर्नुपर्ने बताएका हुन्। सरकारले चैत ७ गते सूचना प्रकाशित गर्दै एक महिनाभित्र दर्ता हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको थियो।

पछि थप गरिएको समयसीमा पनि सकिनै लाग्दा अधिकांशले अझैसम्म दर्ता प्रक्रिया पूरा नगरेको मन्त्री गुरुङको भनाइ थियो। उनले स्पष्ट पारेअनुसार सामाजिक सञ्जाल नियमनका लागि ल्याइएको कानुनी व्यवस्था कुनै प्लेटफर्म बन्द गर्ने उद्देश्यले नभइ जिम्मेवार र उत्तरदायी बनाउने हेतुले गरिएको हो।

मन्त्री गुरुङका अनुसार, यदि सामाजिक सञ्जालहरूले सरकारको निर्देशनको पालना नगरे समयमै आवश्यक कदम चालिनेछ, जसमा प्रतिबन्ध पनि हुन सक्नेछ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ