काठमाडौं । हाल देशभरको मौसममा स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप उच्च पहाडी तथा हिमाली क्षेत्र बाहेक अधिकांश भू–भागमा तापक्रम क्रमशः बढ्दै गएको छ। काठमाडौं उपत्यकाको तापक्रम पनि निरन्तर बढ्दो छ। महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।…