२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको मौसमः गर्मी अत्याधिक बढ्ने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


१२ बैशाख २०८२, शुक्रबार  

114
Shares

काठमाडौं । नेपालमा हाल स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ, जसको कारण देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश स्थानमा मौसम सफा छ। गण्डकी प्रदेशको केही पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा भइसकेको छ। आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम प्रायः खुला रहने महाशाखाको पूर्वानुमान छ।

साथै, ती प्रदेशका हिमाली भेगमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। तराईका क्षेत्रमा भने गर्मी अत्यधिक बढ्न सक्ने देखिएको छ। विशेष गरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम उच्च हुने सम्भावना छ। लुम्बिनी प्रदेशमा तातो हावा ९लु० चल्न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

राति पनि यही मौसमी अवस्थाले निरन्तरता पाउने जनाइएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ