हेटौंडा । ग्यास बुलेटको ठक्करबाट हेटौंडामा एक साइकल यात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिरस्थित पूर्वपश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो । भक्तपुर सुडाल घर भई हेटौंडा– ११ थानाभर्याङमा उनी बस्दै आएका थिए । हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जाँदै गरेको साइकललाई ग्यास बुलेटको ठक्करबाट…