२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पठाओको स्पष्ट सन्देशः भाडा वृद्धि गरिएको छैन, अफलाइन राइडदेखि होसियार

काठमाडौं । शभर सार्वजनिक यातायात अवरुद्ध भइरहेका बेला राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको चर्चा चलिरहेका छन्। तर, राइड सेयरिङ कम्पनी पठाओ नेपालले यस्तो दाबीको खण्डन गर्दै आफ्नो मोबाइल एपमार्फत नियमित शुल्कमै सेवा दिइरहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार असहज परिस्थितिमा यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन आफ्ना राइडरहरूलाई प्रोत्साहनस्वरूप क्वेस्ट र इन्सेन्टिभ प्रदान गरिएको छ।…