झापा । झापाको रतुवामाई जङ्गलमा करेन्ट लागेर एक जङ्गली हात्तीको मृत्यु भएको छ।
स्थानीय डिभिजन वन कार्यालयका अनुसार, गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलबाट तार खस्ने क्रममा करेन्ट लागेको हो। डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार घटनास्थलमै हात्तीको मृत्यु भएको हो। “हात्तीको सुँड र एक दाँत जलेको अवस्थामा फेला परेको छ,” उनले जानकारी दिए।
प्राकृतिक जीवन र वन्यजन्तु संरक्षणका हिसाबले चिन्ताजनक मानिएको यो घटनाको अनुसन्धानका लागि डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए।
विद्युत संरचना नजिक वन्यजन्तुहरूको आवतजावत भइरहँदा यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
प्रतिक्रिया