३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

हुन त मोटरसाइकल नै दोषी? लुम्बिनीमा चकित पार्ने दुर्घटनाको तथ्यांक!

लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा ४०२ वटा सवारी दुर्घटनाहरू भएका छन्, जसमा ३६ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दानबहादुर कार्कीका अनुसार, चैत महिनाभर १२ वटै जिल्लाबाट यति ठूलो सङ्ख्यामा दुर्घटनाको रिपोर्ट आएको हो। पछिल्लो महिना अर्थात् फागुनको तुलनामा चैतमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या केही घटेको देखिएको छ।…