२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

जानकी नवमी धूमधामका साथ मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । आदर्श नारी तथा मिथिलाकी गौरवमयी पुत्री सीताको जन्मोत्सवका रुपमा आज जनकपुरधाममा जानकी नवमी उल्लासपूर्ण रूपमा मनाइँदै छ। वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीका रूपमा पूजापाठ, भजनकीर्तन, र धार्मिक कार्यक्रमसहित विशेष रूपमा मनाउने परम्परा रहिआएको छ। जनकपुरस्थित जानकी मन्दिर परिसरमा आज विशेष पूजा, आरती र आकर्षक झाँकी प्रदर्शन गरिएको छ। यस अवसरमा हजारौँ भक्तजन…