सिन्धुपाल्चोक । भोटेकोशी नदीले सतर्कताको तह पार गरेको छ । बाह्रविसे जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको देखिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केहीबेरअघि सूचना जारी गर्दै जलाधार क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले जलसतह बढ्दो क्रममा रहेको जनाएको छ। सो नदीको तटीय क्षेत्रमा रहनेहरुले…