४ असार २०८३, बिहिबार । June 18, 2026

पहिरोले क्षतविक्षेत चन्द्रागिरि-१३ कंकालि


१४ आश्विन २०८१, सोमबार  

51
Shares

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल बर्षापछि गएको पहिरोको चपेटामा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नम्बर वडा समेत परेको छ ।

धार्मिक तथा पर्यटकिय रुपले पनि बिशेष महत्व बोकेको उक्त वडामा कुनै मानविय क्षति नभएको भएपनि करोडौँको भौतिक संरचनामा क्षति पुगेको वडा अध्यक्ष श्रीकृष्ण खत्रिले जानकारी दिएका छन् ।

विभिन्न ठाउँमा गएको पहिरोले अधिकांश सडकहरुमा क्षति पुगेको छ । नैकापबाट कंकालि मन्दिर हुँदै कालुपाण्डे डाँडा पुग्ने बाटो पहिरोको कारण पुर्ण रुपमा बन्द भएको छ । कालुपाण्डे डाँडा पुग्ने अन्य बाटोहरु पनि पहिरोले अवरुद्ध छन् । सडक पूर्णरुपमा बन्द हुँदा केही आन्तरिक पर्यटकहरु माथिनै फसेको वडा सदस्य नारायण भुजेलले जानकारी दिएका छन् ।

वडा सदस्य भुजेलका अनुसार वडाले आइतबार बिहानै देखि जेसिबि लगाएर बाटो खुलाउने कार्य गरिरहेको भएपनि ठुलो पहिरो गएकाले पहिरो पन्छाउन समय लागेको हो । उनले भने, “आइतबार बिहानै देखि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास गरिरहेका छौँ, तर, धेरै ठाउँमा ठुलो पहिरो गएकाले पनि समस्या भइरहेको छ । मंगलबार बिहानसम्म सबै ठाउँको पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिरहेका छौँ”

वडा अध्यक्ष खत्रिका अनुसार उक्त वडामा ४ वटा घर पूर्ण रुपमा पहिरोको जोखिममा रहेका छन् । कतिपय ठाउँमा सडक नै भासिएको छ । तर, दिउँसोको समयमा पहिरो गएकाले कुनै मानविय क्षति भने भएको छैन् । पहिरोले भ्यु टावर, कंकाली मन्दिर, मदन भण्डारी पार्क लगायतका पर्यटकिय क्षेत्रमा पनि क्षति पुगेको छ ।

वडाले तत्काल बाटो खुलाउने प्रयास गरिरहेको भएपनि क्षति पुगेको भौतिक संरचनाको पुर्ननिर्माण भने दशैंपछि मात्रै थालिने वडा सदस्य भुजेलले जानकारी दिएका छन् ।

बिहीबार देखि शनिबारसम्म परेको अविरल बर्षाले देशभर ठुलो जनधनको क्षति भएको छ । प्रहरीले दिएको तथ्याङ्क अनुसार हालसम्म २ सय ४ जनाले ज्यान गुमाएका छन् भने अझै २८ जना बेपत्ता छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा