नवलपरासी । नारायणी नदीमा डुबेर गैँडाकोट–१ का दुई बालबालिका दिदीभाइ बेपत्ता भएका छन्। गैँडाकोटस्थित ब्रिटिस क्याम्प नजिकै सोमबार बेलुका सो हृदयविदारक घटना भएको हो। १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निल सेर्पुञ्जा घर नजिकैको नारायणी नदीमा हजुरआमा सुनमाया कुमालसँग गएका थिए। फर्कने क्रममा हजुरआमाको चप्पल नदीमा बग्दा बालक स्वप्निल चप्पल लिन नदीमा…