२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

बुटवलमै अब टीभीएस सवारीसाधनका जेन्युन पार्ट्स उपलब्ध

शिवजी अटो ट्रेडर्सले वितरण सेवा सुरु, लुम्बिनी प्रदेशभर डेलिभरी सुविधा



बुटवल । टीभीएस सवारीधनीहरूले जेन्युन पार्ट्स पाउन काठमाडौँ जान नपर्ने भएको छ।

बुटवल चौराह नजिकै, कालिका हलको छेउमा अवस्थित शिवजी अटो ट्रेडर्स प्रा.लि. ले टीभीएस ब्रान्डका दुई पांग्रे र तीन पांग्रे सवारीसाधनका सम्पूर्ण जेन्युन पार्ट्सको आधिकारिक वितरण सेवा सुरु गरेको छ।

कम्पनीले ग्राहकहरूलाई सुपथ मूल्यमा, गुणस्तरीय पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरेको हो। माग अनुसार डेलिभरी सुविधा पनि उपलब्ध गराउने शिवजी अटो ट्रेडर्सले जानकारी दिएको छ।

शिवजी अटो ट्रेडर्सका अनुसार, बजारमा टीभीएस पार्ट्सको अभावका कारण देखिएको समस्या समाधान गर्न यो सेवा सुरु गरिएको हो। कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै भरपर्दो र जिम्मेवार सेवा दिने प्रतिबद्धता जनाएको छ।

नेपालको दोस्रो ठूलो दुई पांग्रे सवारीसाधन ब्रान्ड टीभीएसका लागि, काठमाडौं र पोखरापछि बुटवललाई वितरण केन्द्रका रूपमा चयन गरिएको हो। यसबाट लुम्बिनी प्रदेशभरिका हजारौं टीभीएस सवारी प्रयोगकर्ताहरू लाभान्वित हुनेछन्।

कम्पनीका प्रतिनिधिका अनुसार, “हामी व्यापारभन्दा पनि ग्राहक सन्तुष्टिमा विश्वास गर्छौं। अब हरेक ग्राहकले आफ्नै शहरमा जेन्युन पार्ट्स पाउनेछन्, त्यो पनि भरपर्दो सेवा र सुपथ मूल्यमा।”

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ५ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई