१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बुटवलमै अब टीभीएस सवारीसाधनका जेन्युन पार्ट्स उपलब्ध

शिवजी अटो ट्रेडर्सले वितरण सेवा सुरु, लुम्बिनी प्रदेशभर डेलिभरी सुविधा


२७ चैत्र २०८१, बिहिबार  

237
Shares

बुटवल । टीभीएस सवारीधनीहरूले जेन्युन पार्ट्स पाउन काठमाडौँ जान नपर्ने भएको छ।

बुटवल चौराह नजिकै, कालिका हलको छेउमा अवस्थित शिवजी अटो ट्रेडर्स प्रा.लि. ले टीभीएस ब्रान्डका दुई पांग्रे र तीन पांग्रे सवारीसाधनका सम्पूर्ण जेन्युन पार्ट्सको आधिकारिक वितरण सेवा सुरु गरेको छ।

कम्पनीले ग्राहकहरूलाई सुपथ मूल्यमा, गुणस्तरीय पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरेको हो। माग अनुसार डेलिभरी सुविधा पनि उपलब्ध गराउने शिवजी अटो ट्रेडर्सले जानकारी दिएको छ।

शिवजी अटो ट्रेडर्सका अनुसार, बजारमा टीभीएस पार्ट्सको अभावका कारण देखिएको समस्या समाधान गर्न यो सेवा सुरु गरिएको हो। कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै भरपर्दो र जिम्मेवार सेवा दिने प्रतिबद्धता जनाएको छ।

नेपालको दोस्रो ठूलो दुई पांग्रे सवारीसाधन ब्रान्ड टीभीएसका लागि, काठमाडौं र पोखरापछि बुटवललाई वितरण केन्द्रका रूपमा चयन गरिएको हो। यसबाट लुम्बिनी प्रदेशभरिका हजारौं टीभीएस सवारी प्रयोगकर्ताहरू लाभान्वित हुनेछन्।

कम्पनीका प्रतिनिधिका अनुसार, “हामी व्यापारभन्दा पनि ग्राहक सन्तुष्टिमा विश्वास गर्छौं। अब हरेक ग्राहकले आफ्नै शहरमा जेन्युन पार्ट्स पाउनेछन्, त्यो पनि भरपर्दो सेवा र सुपथ मूल्यमा।”

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ५ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ