काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने राहतको संकेत देखाएको छ। बुधबार बिहानदेखि झापा, मोरङ लगायतका जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भीषण वर्षा भएको छ। तर काठमाडौं उपत्यकामा भने अझै पानी पर्न नसक्दा यहाँको वायु गुणस्तर विश्वकै सर्वाधिक खराब स्तरमा पुगेको छ। धुलो र प्रदूषणका कारण उपत्यकामा आँखाको जलन, टाउको दुख्ने, सास फेर्न…