२४ भदौ २०८३, बुधबार । September 9, 2026

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने


३० बैशाख २०८३, बुधबार  

6
Shares

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले अनौठो निर्णय सार्वजनिक गरेको छ। नगरपालिकाले बाँदर धपाउने विशेष अभियान सञ्चालन गर्न जेठ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार जेठ १ र २ गते नगरक्षेत्रभर सामूहिक रूपमा बाँदर धपाउने कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ।

स्थानीय किसानहरूका अनुसार बाँदरका कारण मकै, आलु, फलफूल लगायतका बाली निरन्तर नष्ट हुँदै आएका छन्। कतिपय परिवारले खेतबारी जोगाउन दिनभर पहरा बस्नुपर्ने अवस्था रहेको र विद्यार्थीसमेत पढाइ छाडेर बाली कुर्न बाध्य भएको गुनासो बढेपछि नगरपालिकाले यो कदम चालेको जनाएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमै बाँदरबाट हुने क्षति न्यूनीकरण कार्यक्रम समावेश गर्दै विभिन्न स्थानमा बाँदर हेरालु समेत खटाइसकेको जनाएको छ। वडा नं. ५, ६, ७ र ८ का विभिन्न क्षेत्रमा अस्थायी निगरानी केन्द्र बनाएर स्थानीय परिचालन गरिएको सूचनामा उल्लेख छ।

नगर प्रमुख अर्जुन माबोहाङ द्वारा हस्ताक्षरित सूचनामा ठूलो जनशक्ति परिचालन आवश्यक पर्ने भएकाले जेठ १ गते अत्यावश्यक सेवा बाहेक नगरपालिका मातहतका अधिकांश सेवा बन्द रहने उल्लेख गरिएको छ।

नगरपालिकाले बाँदरको समस्या अब केवल कृषि क्षतिमा सीमित नरहेको, यसले ग्रामीण जनजीवन र स्थानीय अर्थतन्त्रमा समेत असर पारिरहेको बताएको छ। देशका अन्य पहाडी जिल्लामा पनि बाँदर नियन्त्रणका प्रयास भइरहेका बेला सार्वजनिक बिदा दिएर अभियान सञ्चालन गर्न लागेको यो निर्णयले विशेष चर्चा पाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated