२ कार्तिक २०८३, सोमबार । October 19, 2026

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकको अडान – “राजीनामा दिन्न, डराउँदिन”


१४ जेष्ठ २०८२, बुधबार  

15
Shares

काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूलाई जोडेर गरिएको आलोचनाको तीव्र प्रतिवाद गरेका छन्।

उनले प्रतिपक्षी दलहरूको दबाबमा कुनै हालतमा राजीनामा नदिने स्पष्ट अडान सार्वजनिक रूपमा राखेका छन्। मंगलबार र बुधबार संसदमा जवाफ दिन समय मागेका मन्त्री लेखकले विपक्षी दलहरूको अवरोधका कारण बोल्ने मौका नपाएको गुनासो गरे। बुधबार साँझ पत्रकार सम्मेलनमार्फत उनले प्रतिपक्षीहरूप्रति आक्रोश पोख्दै अनेक प्रश्नसमेत उठाए।

“एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले हरेकचोटि राजीनामा दिंदै जाने हो भने मुलुक कहाँ पुग्छ?” भन्दै उनले प्रतिपक्षीहरूलाई सावधानी अपनाउन आग्रह गरे। साथसाथै उनले आजको विरोध गर्नेहरू नै भोलिका दिनमा मन्त्री बन्ने सम्भावना भएकाले जिम्मेवारीपूर्वक व्यवहार गर्न सुझाव दिए।

लेखकले भने, “म मात्रै सत्तामा हुने होइन, उहाँहरू पनि पहिले भइसकेका छन्, भोलि फेरि हुनेछन्। अहिले मलाई जोडेर गरिएको आक्रोश भोलिका दिनमा उहाँहरूमाथि पनि यसैगरी आउन सक्छ।” उनले भोलिमा यस्तै परिस्थिति दोहोरिएमा विपक्षी नेताहरूले पनि प्रश्नको सामना गर्नुपर्ने भन्दै एकप्रकारको चेतावनी दिएका छन्। गम्भीर मुद्दाहरूमा चुप लाग्नुपर्ने संकेत दिँदै उनले यस्तो बहसले दण्डहीनतालाई बढावा दिनसक्ने धारणा व्यक्त गरे।

पत्रकार सम्मेलनमा लेखकले विगतमा अन्य मन्त्रीहरूको कार्यकालमा मन्त्रालयभित्रैका कर्मचारीहरूमाथि छानबिन भएको प्रसङ्ग समेत उल्लेख गर्दै, “छानबिन हुनु र मन्त्रीको संलग्नता हुनु फरक कुरा हो,” भन्दै आफूमाथिको आरोपलाई अस्वीकार गरे। यसै क्रममा उनले प्रतिपक्षी दलहरूले राजनीतिक षड्यन्त्र गरेर आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप पनि लगाए।

राजीनामा माग्ने विपक्षी दलको दबाबको बीचमा मन्त्री लेखकको यस्तो अडानले अब राजनीतिक वातावरण झन् तात्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि