३ आश्विन २०८३, शनिबार । September 19, 2026

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदत्याग गरेका छन्। राजनीतिक दबाब र पछिल्ला घटनाक्रमपछि ओलीले राजीनामा दिने घोषणा गरेका हुन्। उनको राजीनामासँगै मुलुकमा नयाँ राजनीतिक समीकरण र नेतृत्व परिवर्तनको बाटो खुलेको छ। अब नयाँ सरकार गठनका लागि दलहरूबीचको दौडधुप बढ्ने अनुमान गरिएको छ।