२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

‘कुलिङ अफ पिरियड’ प्रकरणः समिति सभापतिबाट राजीनामा दिने तयारीमा खतिवडा


२७ श्रावण २०८२, मंगलबार  

9
Shares

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको भनिएको चलखेलका कारण चर्चामा आएका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनी निकट स्रोतका अनुसार, खतिवडाले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्ने समय लिएकाले त्यही अवसरमा समितिको सभापति पदबाट राजीनामा घोषणा गर्न सक्ने अनुमान गरिएको छ। यसअघि उक्त प्रावधानमा भएको अनियमितताबारे गठित संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो।

परिणामस्वरूप, विपक्षी मात्र नभई सत्तापक्षका सांसदहरूबाट समेत उनको राजीनामाको माग बढ्दै आएको छ।

यसैबीच, ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ का सुझाव कार्यान्वयनबारे छलफल गर्न सभामुखले मंगलबारको बैठकपछि सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग बैठक गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ