२२ माघ २०८२, बुधबार । February 5, 2026

कीर्तिपुरमा कंग्रेसले मार्‍यो बाजी

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । डंगोल ५ हजार ३३४ मत ल्याएर विजयी भएका हुन् । उनलाई पछ्याउँदै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।