काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै पक्राउ गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले निष्कर्ष निकालेको छ कि प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरेर गाडी चलाएपछि स्थिति बिग्रिएको हो। काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, सरकारको निर्देशन पछि प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको…