६ बैशाख २०८३, आइतबार । April 20, 2026

प्रचण्डको चेतावनी: ‘तीनकुनेमा अराजकता, अर्को गल्ती गरे केही पनि बाँकी रहँदैन’


१४ चैत्र २०८१, शुक्रबार  

357
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा राजावादी समूहको अराजकता प्रदर्शनलाई तीव्र आलोचना गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले तीनकुनेको प्रदर्शनलाई “कुकुरको पुच्छर बांगै” भनेको जस्तो अराजकताको पराकाष्ठा भन्दै तिनको चरित्रलाई उजागर गरे।

प्रचण्डले भने, “त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। उनीहरूको उद्देश्य देशभर आतंक मच्चाउनु र केही मान्छे मरेको स्थिति बनाउन चाहिएको हो। यो राजावादीहरूको वास्तविक चरित्र हो।”

यस्तो स्थितिमा राजावादीहरूले वातावरणलाई उत्तेजित र आतंकित पार्न चाहेको प्रचण्डको भनाइ थियो। उनले गणतन्त्रवादी र राजावादीहरूको विरोध सभा एकै दिन भएको भन्दै राजावादीहरूको मनसायप्रति चिन्ता व्यक्त गरे।

अन्त्यमा, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिंदै भने, “अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन।”

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित