काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा जारी छ। गत चैत २० गतेदेखि नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले शान्तिपूर्ण तरिकामा आफ्नो संघर्ष जारी राखेका छन्। प्रदर्शनको क्रममा हिजो शिक्षक र प्रहरी बीच केहीबेर झडप भए पनि आजको प्रदर्शन भने शान्तिपूर्ण रहिरहेको छ। शिक्षकहरूले विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक कार्यक्रमका…