६ असार २०८२, शुक्रबार । June 21, 2025

‘झिल्को’ चलचित्र होइन चेतना हो ! हेर्न छुट्नुभयो कि ?



काठमाडौं । मोबाइलको लत, प्रविधिको अनियन्त्रित प्रयोग र त्यसले बालबालिकाको मनोविज्ञानमा पारेको असर– यी सबै विषयलाई कलात्मक ढंगले उजागर गर्ने बहुप्रतीक्षित नेपाली चलचित्र ‘झिल्को – द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

शिक्षक, अभिभावक, र नीतिनिर्माताका लागि गम्भीर सोचको विषय बन्न सक्ने आशा गरिएको ‘झिल्को’ ले बालबालिकाको मन, भावना र सामाजिक सम्बन्धका सूक्ष्म पाटा उजागर गर्न खोजेको छ। चलचित्रले दर्शकलाई केवल मनोरञ्जन होइन, जिम्मेवारी र आत्मपरिक्षणको सन्देश पनि दिन खोजेको छ। यसअघि काठमाडौंस्थित आईएनआई सिनेमा, एनबी सेन्टरमा सम्पन्न प्रीमियर समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो।

उनले ‘झिल्को’ जस्ता चलचित्रले समाजमा आवश्यक बहस सुरु गर्ने विश्वास व्यक्त गरिन्। “बालबालिकाको मनोविज्ञान बुझ्न यस्ता फिल्म अनिवार्य जस्तै छन्,” उनको भनाइ थियो। आयुषी ढकालद्वारा अभिनीत बाल पात्रको भूमिकाले प्रीमियरमै भावुक प्रतिक्रिया बटुलेको छ। साथै, सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, जेभिन जेभिस र जान्वी बस्नेतको सशक्त अभिनयले कथालाई गहिरो बनाएको छ।

‘मिडिया फर कल्चर प्रा.लि.’ को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन्। कथा तथा पटकथा उनले अरुण देव जोशी र देव ब्रतसँग सहकार्यमा तयार पारेका हुन्। चलचित्रमा उमेश पौडेल कार्यकारी निर्माता रहेका छन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य हुन्। दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवर र उत्तम न्यौपानेको साउन्ड मिक्सिङले ‘झिल्को’लाई प्राविधिक हिसाबले पनि सशक्त बनाएको छ।

आजको पुस्ताले प्रविधिको प्रयोगसँगै त्यसको असर पनि बुझ्नुपर्ने समय यही हो – र ‘झिल्को’ त्यसको उत्तम बहस हो। चलचित्र हेरेर मात्र होइन, महसुस गरेर निस्कने अनुभव दिन ‘झिल्को’ तयार छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली